नियम
कारोबार दर्ता गराउनु पर्ने विशेष अवस्था
(१) कुनै व्यक्तिको वार्षिक कारोबार वस्तुको हकमा पचास लाख रुपैयाँसम्म र वस्तु तथा सेवा मिश्रित कारोवार र सेवा व्यवसायको हकमा तीस लाख रुपैयाँ नाघ्ने अनुमान गर्न सक्ने अवस्था भएमा त्यस्तो अवस्था खुलाइ अनुसूची–१ बमोजिमको ढाँचामा कारोबार दर्ता गर्नको लागि सम्बन्धित कर अधिकृतसमक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुमान गर्न सकिने अवस्था नभै कसैले गरेको कारोबारको रकम वस्तुको हकमा पचास लाख रुपैयाँसम्म र वस्तु तथा सेवा मिश्रित कारोबार र सेवा व्यवसायको हकमा तीस लाख रुपैयाँ नाघ्न गएमा त्यसरी नाघेको मितिले तीस दिनभित्र त्यस्तो कारोबार गर्ने व्यक्तिले अनुसूची–१ बमोजिमको ढाँचामा कारोबार दर्ता गर्नको लागि सम्बन्धित कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ ।
(३) ……….
(४) ऐनको दफा १० को उपदफा (२) बमोजिम दर्ता गर्नुपर्ने वस्तु वा सेवाको कारोबार गरेका व्यक्तिले यो उपनियम प्रारम्भ भएको मितिले तीस दिनभित्र त्यस्तो कारोबार दर्ता गर्नु पर्नेछ ।
(५) ........
(६) दर्ता हुनुपर्ने व्यक्तिले दर्ता नगरी कारोबार गरेको पाइएमा कर अधिकृतले आधार तथा कारख उल्लेख गरी तीस दिन भित्र दर्ता हुन सम्बन्धित व्यक्तिलाई आदेश दिनु पर्नेद्ध र त्यो आदेश प्राप्त भएमा सम्बन्धित व्यक्तिले सो अवधि भित्र कारोबार दर्ता गराउनु पर्नेछ ।